‘ प्रधानमन्त्रीको कदम अधिनायक आकांक्षाबाट प्रेरित छ, सर्वसत्तावाद उन्मुदख’

काठमाडौं, पुस ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अधिनायकवादी भएको औंल्याएका छन् ।आज बसेको केन्द्रीय समितिको बैठकमा उनले यस्तो औंल्याएका हुन् ।

सभापति देउवाले देशको यस गम्भीर संकटको समयमा कांग्रेसले जिम्मेवार भुमिका निर्वाह गर्ने बता ।मंगलबारबाट सुरु भएको केन्द्रिय समिति वैठकलाई सम्बोधन गर्दे उनले प्रधानमन्त्री केपि ओलीको संसद विघटनको कदम अधिनायक आकांक्षाको प्रतिरुप भएको बताए ।

उनले सम्बोधनमा भनेका छन्, “प्रधानमन्त्रीको कदम असंवैधानिक हो, अधिनायक आकांक्षाबाट प्रेरित छ, सर्वसत्तावाद उन्मुदख छ । सम्यमतापूर्वक अघि बढ्नुपर्छ । कांग्रेसले अभिभावकीय भूमिका निर्वाह गरेर अघि बढ्नुपर्छ ।”

यस्र्तै बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेस सशक्त ढंगले अघि बढ्नु पर्ने बताएका छन् ।प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारहरुसँग कुरा गर्दै कोरोना महामारीको यस्तो गम्भीर संकटको अवस्थामा निर्वाचनमा जाने असुहाउँदो कुरा हुने बताए ।

साथै उनले अहिलेको अवस्थालाई कांग्रेसले गम्भीर रुपमा लिएको र संयमित भएर संकटबाट मुक्ति दिलाउने विषयमा निर्णय गर्ने बताए ।कांग्रेस केन्द्रिय समिति वैठकमा संसद पुनस्र्थापनाको विषयको पहलमा के गर्ने, निर्वाचनलाई कसरी लिने, संवैधानिक संकटको अवस्था, राजनीतिक रुपमा कसरी प्रतिरोध गर्ने भन्ने विषयमा छलफल हुँदैछ ।

वैठक केही दिन लम्बिने छ । अहिले वैठकमा केन्द्रिय सदस्यहरुले बोल्ने क्रम चलिरहेको छ । केन्द्रिय सदस्यहरुले आफुले चाहे जति समय लिएर बोल्न पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्