नेकपा विवाद : श्रीमती ओलीको भेलामा, श्रीमान प्रचण्डको भेलामा

काठमाडौं, पुस ७ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को विवादले यति बेला राजनीतिमा तरंग ल्याएको छ। राजनीतिमा आएको तरंगले सबैलाई तताएको त छ भने सबैको ध्यान पनि यतैतिर केन्द्रित छ । यसैबीच राजनीतिमा हुने बाँड्फाडबाट श्रीमान श्रीमतीबीच पनि मतभेद हुने संकेत देखिएको छ। ओली समुह र प्रचण्ड नेपाल समुहका छुटाछुटै भेला र बैठक बसिरेका छन् ।

कुन नेता कुन भेलामा र कसको पक्षमा भन्ने जिज्ञासा पनि धेरैमा छ । यता पूर्व भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ ओलीका विश्वास पात्र मानिँदै आएका थिए। प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डले आज बोलाएका छुट्टाछुट्टै केन्द्रीय बैठकले धेरै नेताहरुलाई अलग अलग गरायो नै । तर, पूर्वमन्त्री रघुबीर महासेठका श्रीमान श्रीमती भने अलग अलग भेलामा देखिएका छन्।

महासेठ प्रचण्ड नेपालको भेलामा देखिएका छन भने उनकी श्रीमती जुली महतो भने ओली पक्षले बोलाएको भेलामा देखिएकी थिइन्। यस अघि दुवै जना ओली निकट थिए। यसरी श्रीमान श्रीमती पनि अलग अलग भेलामा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्