राष्ट्रिय सहकारी बैंकको शाखा भैरहवामा सञ्चालन

काठमाडौं, पुस ७ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले भैरहवाको बुद्ध चोकमा ५४ औँ शाखा सञ्चालनमा ल्याएको छ ।

सहकारी बैंकले पुस मसान्तभित्र ६८ वटा शाखामार्फत सेवा सञ्चालन गर्ने लक्ष्य लिएको छ । नेपाल राष्ट्र बैंकले थप २४ वटा शाखा सञ्चालनको अनुमति दिएपछि बैंकले शाखा विस्तारलाई तिब्र बनाएको हो ।बैंकमा हाल १२ हजार २ सय ८३ सहकारी संघरसंस्था सदस्य रहेका छन ।

नेपाल सरकार सहित देशभरका सहकारी संघरसस्थाहरुको शेयर रहेको बैंकमा हाल २ अर्ब ४८ करोड शेयर रकम, ५१ अर्ब ३६ करोड निक्षेप र २४ अर्ब २८ करोड कर्जा लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्