निर्वाचन आयोगमा पठायो ओली समूहले केन्द्रीय कमिटी विस्तारको पत्र

काठमाडौं , पुस ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले नयाँ थप गरेका केन्द्रीय समिति सदस्यको विवरण निर्वाचन आयोगमा दर्ता गराएको छ।

मंगलबार बालुवाटारमा बसेको ओली समूहको बैठकले नेकपा केन्द्रीय कमिटी विस्तार गरेको थियो।मंगलबार दिउँसो पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको ओली समूहको बैठकले ११सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको छ ।

यस्तै ओली समूहले पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई तोकेको छ। सोही बैठकले २ मंसिर २०७८ मा महाधिवेशन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्