सुरु भयो नेकपा प्रचण्ड समूहको केन्द्रीय कमिटी बैठक , होला त ओलीमाथि कारवाही ?
काठमाडौं, पुस ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड समूहको केन्द्रीय कमिटीको बैठक बबरमहलमा सुरु भएको छ।
१ बजेका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक झण्डै एक घण्टा ढिलोगरी सुरु भएको हो । केन्द्रीय कमिटी अघि स्थायी कमिटीको बैठक बसेको थियो । आजको केन्द्रीय कमिटीको बैठकले ओलीले संसद विघटन गरेको भन्दै कारवाहीका लागि स्थायी कमिटीले गरेको प्रस्तावलाई स्वीकार्ने छ भने माधव नेपाललाई अध्यक्ष बनाउने विषयमा छलफल गर्ने स्थायी कमिटी सदस्य मात्रिका यादवले बताए ।
पुष ५ को स्थायी कमिटी बैठकले ओलीलाई कारवाहीको निर्णय गरेको थियो। यसैबीच आजै विहान प्रचण्ड(नेपाल समूहले वामदेव गौतमलाई आफ्नो समूहमा आउन गरेको आग्रह उनले अस्वीकार गरेका छन्। यता पूर्व माओवादीका नेता टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणी थापाले गुट परिवर्तन गर्दै ओलीलाई साथ दिएका छन्।
गृहमन्त्री तथा पूर्व माओवादी नेता रामवहादुर थापा बादलले भने प्रचण्डलाई नै साथ दिने वचन दिएका छन्। प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बादलले प्रचण्डलाई नै साथ दिने जानकारी दिएका छन्। यसरी पछिल्लो समय नेपालको रानीतिमा उथलपुथल आएको छ । नेताहरु बैटक बस्नमै ब्यस्त छन् ।















प्रतिक्रिया दिनुहोस्