दाहाल–नेपाल समूहको प्रस्ताव : ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने
काठमाडौँ, पुस ७ । नेकपाको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।
बबरमहलमा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार दाहाल र नेपालले पालैपालो अध्यक्षता गर्ने प्रस्ताव गरिएको छ ।
स्थायी कमिटी बैठक लगत्तै त्यहीँ ठाउँमा यो समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठकले ओली समूहलाई कारबाहीको औपचारिक निर्णय गर्ने भएको छ । यस्तै, अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेपछि दाहाल–नेपाल समूहले थप रणनीति तय जारी स्थायी कमिटी बैठकबाट गर्ने भएको छ ।















प्रतिक्रिया दिनुहोस्