प्रतिनिधिसभा विघटनः आन्दोलनमा उत्रिन ९ विद्यार्थी संगठनको आह्वान
काठमाडौँ , पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध आन्दोलनमा उत्रि ९ विद्यार्थी संगठनले आग्रह गरेका छन् । विद्यार्थी संगठनहरूले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको भन्दै त्यसविरुद्ध आन्दोलनमा उत्रन आह्वान गरेका हुन् । काठमाडौंमा मंगलबार बसेको ९ विद्यार्थी संगठनको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा जनता कोरोनाबाट छटपटिइरहँदा उनीहरूको जीवनरक्षाको दायित्वप्रति उदासीनता देखाउँदै सिंगो राष्ट्रलाई दुर्घटनातर्फ धकेल्ने कदमले व्यवस्थाप्रति नै वितृष्णा जगाउने उल्लेख छ । संविधानको रक्षाका लागि सबै विद्यार्थी संगठनबीच सहकार्य गर्ने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।
बैठकले संयुक्त आन्दोलनमा क्रियाशील अखिल क्रान्तिकारीका नेता–कार्यकर्तालाई गैरकानुनी थुनामा राखिएको भन्दै उनीहरूलाई तत्काल रिहा गर्न माग पनि गरेको छ । यति बेला प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि यति बेला तीब्र विरोध भइरहेको छ ।
देशका विभन्न ठाउँ ठाउँमा प्रर्दशन भइरहेको छ । कतिपय ठाउँमा प्रदर्शन गर्ने तयारी समेत भएको बुझीएको छ । यता काठमाडौंको सुरक्षा व्यवस्ता निकै कडा पारिएको छ ।
प्रतिक्रिया दिनुहोस्