अमेरिकी राष्ट्रपति बाइडेनले लगाए कोरोना विरुद्धको खोप
काठमाडौं, पुस ७ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना विरुद्धको खोप लगाएका छन् । उनले मंगलबार बिहान आफ्नो गृह जिल्ला डेलवेयरस्थित क्रिस्चियनाकेयर अस्पतालमा कोरोना विरुद्ध खोप लगाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
बाइडेनले फाइजर बायोन्टेकले बनाएको कोरोना विरुद्धको खोप अस्पतालकी नर्स ताबे मासाले लगाइदिएकी हुन् ।
बाइडेनले यो खोप उपलब्ध हुने स्थानमा पुगेर लगाउन पनि अमेरिकीवासीलाई अनुरोध समेत गरेका छन् भने कोभिडविरुद्धको खोप बनाउन दिनरात लागेका सबैलाई धन्यवाद पनि दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्