२०७८ मंसिर २ गते नेकपा महाधिवेशन गर्ने ओली पक्षको निर्णय

काठमाडौं, पुस ७ ।  नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षले राखेको केन्द्रीय समिति बैठक सकिएको छ।सो पक्षको अर्को बैठक पुस ९ गतेका लागि तोकिएको छ।

आज बसेको बैठकमा ओलीले अहिले रहेको केन्द्रीय समितिमा सदस्यहरु थप गरी ११ सय ९९ सदस्य रहेको महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव गरेका थिए।सो प्रस्ताव पारित गरी सोहि बैठकमा नयाँ सदस्यलाई सपथग्रहण समेत गराइएको थियो।

नेकपामा अहिले भएका ४४६ जनाको केन्द्रीय कमिटीमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति प्रस्ताव गरेको हुन्। यसैबीच नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले आगामी मंसिर २ गते ९२०७८० मा गर्ने प्रस्ताव पारित गरेको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोकेको हो।यसअधि नेकपाको महाधिवेशन चैतमा गर्ने तय भएको थियो।त्यस्तै बैठकले पार्टी प्रवक्ता जिम्मामा परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य प्रदीपकुमार ज्ञवालीलाई दिएको छ।

आज बसेको बैठकमा अध्यक्ष ओलीले अहिले रहेको केन्द्रीय समितिमा सदस्यहरु थप गरी ११ सय ९९ सदस्य रहेको महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव गरेका थिए।सो प्रस्ताव पारित गरी सोहि बैठकमा नयाँ सदस्यलाई सपथग्रहण समेत गराइएको थियो।

यता अहिले केहिबेरमै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षको बैठक बस्दैछ।सो बैठकले ओलीलाई कारबाही गरी उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाउने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्