माछापुच्छ्रे बैंक र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबिच सेवा सम्बन्धी विशेष सम्झौता

काठमाडौँ ,पुस ७ । माछापुच्छ्रे बैंक र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबिच उक्त केन्द्रमा आवद्ध रहेका कर्मचारीहरुहरुलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ ।

सम्झौतापत्रमा शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको तर्फबाट कार्यकारी निर्देशक चन्द्रमणी अधिकारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन्।

सम्झौता पश्चात शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आवद्ध कर्मचारीहरुलाई बैंकले सरल र सहज बैंकिङ्ग सेवा प्रदान गर्नेछ । साथै बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा कार्यरत कर्मचारीहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुविधाहरुमा विशेष सहुलियत प्रदान गर्नेछ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि। ले यसअघि पनि सरल र सहज बैंकिङ्ग सुविधाका प्रदान गर्नका लागि विभिन्न संघसंस्थाहरुसँग सम्झौता गरेको हो।

बैंकले देशभर आफ्ना १६० वटा शाखाहरु, १४३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३०३ स्थानमा रहेका सेवा दिदै आएको छ।

प्रतिक्रिया दिनुहोस्