संसद् विघटनविरुद्ध जसपाले बुधबार देशव्यापी विरोध प्रदर्शन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि यति बेला तीब्र विरोध भइरहेको छ । देशका विभन्न ठाउँ ठाउँमा प्रर्दशन भइरहेको छ । भने विभिन्न राजनितिकदल नै तरंगीत भएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाकै नेताहरु सडकमै आएका छन् । आज काठमाडौंमा पनि प्रदर्शन गरिएको छ । भने यता जनता समाजवादी पार्टी (जसपा)ले पनि देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । सोमबार बसेको आकस्मिक बैठकले ८ पुसमा र्यालीसहित देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय भएको जसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।
ठाकुरका अनुसार मंगलबार मध्यान्ह १२ बजे केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर संघर्षका थप कार्यक्रम घोषणा गरिने भएको छ । संसद विघटन असंवैधानिक र गैरराजनीतिक भएको अध्यक्ष ठाकुरको भनाइ छ ।
संसद विघटन असंवैधानिक र गैरराजनीतिक भएको भन्दै सबैले प्रधानमन्त्री ओलीको चर्को आलोचना भइरहेको छ । यसका बाबुजुद आज ओलीले देशबासीका नाममा सम्बोधन पनि गरेका छन् । सम्बोधनमा उनले आफ्नै नेताले काम गर्न नदिएको भन्दै यस्तो निर्णय लिन पुगेको बताएका छन् ।















प्रतिक्रिया दिनुहोस्