सानेपामा सुरु भयो सर्वदलीय बैठक
काठमाडौं , पुस ६ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि तीब्र विरोध भइरहेको छ ।
यही परिस्थितिबीच ओलीको कदमलाई कसरी सामना गर्ने भन्ने विषयमा सानेपामा सर्वदलीय बैठक सुरु भएको छ । नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठक पार्टी कार्यालय, सानेपामा सुरु भएको हो ।
बैठकमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी लगायतका नेता सहभागी छन् ।















प्रतिक्रिया दिनुहोस्