प्रतिनिधि सभा जिवित रहेको स्थापित गरेरै छाड्छौं : प्रचण्ड

काठमाडौं, पुस ६ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा विघटनको घोषणा भए पनि सो मृत नभएको बताएका छन्।

‘विघटनका कारण प्रतिनिधि सभा मरेको भनेर नठान्नुस्, यो जीवित नै छ,’ प्रचण्डले संसद भनवमा सोमबार राखेको आफू पक्षका सांसदहरुको भेलामा भने ।

, ‘आज यहाँ ९३ जना भएका छौं, हामीले यसका पक्षमा २०० जना पु¥याएर सर्वोच्च अदालत जान्छौं र प्रतिनिधि सभा जिवित रहेको स्थापित गरेरै छाड्छौं।’ उनले भने ।

भेलामा प्रधानमन्त्रीको कदमविरुद्ध कानुनी र राजनीतिक दुवै प्रक्रिया अघि बढाउने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्