सरकारमाथि आफ्नै दलबाट लगातार घेराबन्दी र असहयोगका कारण संसद विघटन गर्ने निर्णयमा पुगे : प्रधानमन्त्री
काठमाडौं , पुस ६ । प्रधानमन्त्री केपी ओलीले सरकारमाथि आफ्नै पार्टीबाट असहयोग र घेराबन्दीका भएका कारण संसद विघटन गर्नु परेको बताएका छन् । उनले संसद विघटन गरी जनताको बीचमा जानु परेको बताएका छन् ।
आज राष्ट्रको नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले प्रतिपक्षी दल भन्दा पनि आफ्नै दलका नेताहरुले असहयोग गरेको गुनासो गरे ।प्रधानमन्त्री ओलीले आम निर्वाचनको जनादेश र जनभावना विपरीत राष्ट्रिय राजनीतिमा अर्थहीन र अन्त्यहीन गतिविधीको सिर्जना गरेपछि निर्वाचनको घोषणा गरिएको बताए ।
उनले नेपाल कम्युनिष्ट पार्टीको एकताको निर्णय आम निर्वाचनमार्फत् अनुमोदन भए पनि त्यसपछि राजनीतिलाई जनअपेक्षा अनुरूप अघि बढ्न नदिने गरी विसंगत गतिविधि भएको बताए । साथै ओलीले आफ्नो राजनीतिक चरित्र हत्या गर्न खोजिएको बताएका छन् ।
प्रतिनिधिसभा विघटन र उत्पन्न परिस्थिति तथा भावी दिशाका बारेमा देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक प्रस्तावका नाममा आफ्नो चरित्र हत्या गर्न ‘अभियोगपत्र’ पार्टी बैठकमा लगिएको प्रष्ट्याए । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् ।
प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचान घोषणा गरेको भोलिपल्ट सोमबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै ओलीले निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका हुन् ।















प्रतिक्रिया दिनुहोस्