संसद विघटन भएकै छैन : नेता नेपाल

काठमाडौं पुस ६ । नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटन नभएको बताएका छन् । उनले अलोकतान्त्रिक र असंवैधानिक तरिकाबाट प्रधानमन्त्री र राष्ट्रपतिले संसद विघटनको घोषणा गरेपनि आफुहरु त्यसलाई मान्न तयार नभएको बताएका हुन् ।

नयाँबानेश्वरमा सोमबार सञ्चारकर्मीहरुलाई प्रतिकृया दिदै उनले प्रधानमन्त्री र राष्टपति दुवैको कदम असंवैधानिक भएकाले त्यसलाई मान्न नसकिने बताएका हुन् । ‘असंवैधानिक र अलोकतान्त्रिक काम भएको छ, त्यसैले यो संसद विघटन भएको छैन । हामी मान्नेवाला छैनौ’, नेता नेपालको भनाइ छ । उनले संसदीय दलको बैठक बसिरहेको छ, पार्टी स्थायी समिति र केन्द्रीय समिति बैठक बस्न लागिरहेको भन्दै यो गैरलोकतान्त्रिक र असंवैधानिक कदम सच्चयाउन सवै उपाय अपनाइने बताए ।

उनले प्रतिपक्षी र अरु पार्टीसमेत संसद विघटनको विपक्षमा रहेको भन्दै नेकपामै पनि ९० र थप ३ जना सांसद यो कदमको विपक्षमा थपिएको बताए ।

प्रतिक्रिया दिनुहोस्