कानुन व्यवसायीसँग दाहाल-नेपालको छलफल : संसद विघटन असंवैधानिक छ, नमान्नुस्

काठमाडौं, पुस ६ । संसद विघटन भएपछि कानुनी अवस्थाबारे नेकपा नेताहरु कानुन व्यवसायीसँग छलफलमा जुटेका छन्।

छलफलमा कानुन व्यवसायीहरूले नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन निर्णय असंवैधानिक हुने बताएका छन्।

अध्यक्ष प्रचण्ड, नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार सिंहदरबारमा कानुन व्यवसायीसँग छलफल गरेका थिए।उक्त छलफलमा बोल्दै कानुन व्यवसायीहरू युवराज संग्रौला, टीकाराम भट्टराई, शम्भु थापालगायतले प्रधानमन्त्रीले गरेको संसद विघटनलाई मान्यता नदिन आग्रह गरेका हुन्।छलफलमा सबै कानुन व्यवसायीले समान खालको धारणा राखेको विडारीले जानकारी दिए।

कानुन व्यवसायीहरूका कुरा सुनेपछि नेकपा अध्यक्ष प्रचण्डले यसबारे आजै बेलुकीसम्म आफूहरू निर्णयमा पुग्ने बताएका छन्। प्रधानमन्त्री-राष्ट्रपतिद्वारा चालिएको असंवैधानिक एवं निरंकुश कदमको विरुद्धमा अब चालिने संवैधानिक एवं राजनीतिक कदमका बारेमा संविधानविद् एवं कानुनविद्हरुसँग परामर्श थालिएको दाहालको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्