सरकार ढाल्ने खेलमा लागेकाले प्रचण्डलाई साथ दिन सकिएन : मन्त्री भट्ट
काठमाडौं , पुस ६ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिन नसकेको बताएका छन् ।
सोमबार ओली पक्षले बोलाएको आफ्नो गुटका सांसदहरुको भेलालाई सम्बोधन गर्दै भट्टले यस्तो बताएका हुन् । सरकार ढाल्ने र राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्नेसम्मको तयारी गरेका कारण प्रचण्डलाई साथ दिन नसकेको उनले बताए ।
पहिले प्रचण्ड पक्षीय नेता मानिएका भट्टले प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकमा यो ऐतिहासिक सरकार ढाल्ने र देशमा अस्थिरता निम्त्याउने पक्षमा प्रचण्ड–नेपाल पक्ष लागेकाले आफूले साथ दिन नसकेको उनको भनाइ रहेको थियो । भट्टले इतिहासमा सबैभन्दा राम्रो काम यही सरकारले गरेको दाबीसमेत गरेका छन् । यता केहि मन्त्रीहरुले सरकारले विरोध गर्दै हिजै राजिनामा दिसकेका छन् ।















प्रतिक्रिया दिनुहोस्