मेरो निर्णयलाई अदालतले रोक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं, पुस ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ६४ प्रतिशत सांसदको मत प्राप्त गरी प्रधानमन्त्री भएका कारण आफ्नो निर्णयलाई अदालतले नरोक्ने बताएका छन्।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको आफूपक्षीय नेताहरुको भेलामा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन्।

ओलीले आफू प्रधानमन्त्री निर्वाचित हुँदा प्राप्त मतको सन्दर्भ उल्लेख गर्दै सो धारणा राखेका हुन्।उनले ताजा जनादेशमा जाने कुरा लोकतान्त्रिक भएको बताउँदै त्यसका लागि तयारी अवस्थामा रहन समेत आग्रह गरे।

साथै उनले विगतको सरकारले भन्दा यो सरकारले धेरै काम गरेको र त्यसैलाई लिएर चुनावमा जान उनले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्