ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाणडौँ, पुस ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी, राष्ट्र र जनता विरोधी गतिविधिले पार्टी एकतालाई भत्काउन नसक्ने स्पष्ट पारेका छन् । अध्यक्ष प्रचण्डले आज एक प्रेस वक्तव्य जारी गर्दै यस्तो स्पष्ट पारेका हुन् ।

उनले एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन पनि अनुरोध गरेका छन् । यस्तै प्रचण्डले पार्टी एकतावद्ध रहेको पनि स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्