योगेश भट्टराई भन्छन्- प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक छ, अदालतले संसद् पुनर्स्थापना गर्छ

काठमाडौं, पुस ६ । पदबाट राजीनामा दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीले अलोकतान्त्रिक कदम चाल्दा देशलाई नै आघात परेको बताए । सोमबार मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रम बोल्दै सबै सम्मालिने र देश अगाडि बढ्ने दाबी उनले गरे । हिजो मात्रै राजीनामा दिएका मन्त्री भट्टराई

‘यो राजनीतिक र संवैधानिक दुवै हिसाबले गलत कदम भएको बताए । देश, जनता र लोकतन्त्रको रक्षा सर्वोच्च अदालतले गर्नेमा विश्वास राख्दै उनले संसद् पुनर्स्थापन हुने दाबीसमेत गरेका छन् ।

उनले एउटा पार्टीलाई मात्रै नभएर समग्र लोकतन्त्रलाई नै संकट परेकाले सबै एक ठाउँमा उभिनेसमेत बताए ।हिजोसम्म यो संसद् विघटन रोक्न हदैसम्मको पहल गरेको भए पनि नसकेको बताए ।

मन्त्री भट्टराईले हिजो आइतबार प्रधानमन्त्री ओलीले चालेको कदमप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्