प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं , पुस ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन्।

प्रतिनिधिसभा विघटन र उत्पन्न परिस्थिति तथा भावी दिशाका बारेमा सम्बोधन गर्ने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका हुन् ।

उनले ३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्