बालुवाटारको ओली पक्षीय भेला सकियो, प्रधानमन्त्रीले -भने प्रचण्ड र नेपाल बिग्रहतिरको बाटोमा अग्रसर भए

काठमाडौँ, पुस ६ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको छलफल सकिएको छ ।

ओलीले आफू पक्षीय नेतालाई आज बालुवाटार बोलाएका थिए । भेलामा विघटित प्रतिनिधि सभाका १ सयभन्दा बढी सांसद तथा केन्द्रीय नेता सहभागी थिए।भेलामा सबै पूर्व नेकपा एमालेका थिए । पूर्वमाओवादीतर्फबाट लेखराज भट्टमात्र सहभागी भएका थिए । यता

हिजो स‌ंघीय संसद अन्तर्गतको प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि त्यसको विरोध सुरु भएको छ । यसै विषयमा छलफल गर्न ओलीले आफू निकटका नेतालाई बालुवाटार बोलाएका थिए ।

यसपछि बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ। केन्द्रीय कमिटी बैठक पुस ७ गते बोलाउने निर्णय गरिएको छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डले पार्टी एकताको तेस्रो महिनाबाटै पार्टी कब्जा गर्ने रणनीतिमा लागेको आरोप लगाएका छन् । उनले आज आफू निकट निवर्तमान सांसदहरुसँगको छलफलमा यस्तो बताएका हुन् ।

उनले सरकारका कामको प्रचण्डले कहिल्यै प्रचार नगरेको भन्दै असन्तुष्टि व्वक्त गरेका छन् । साथै प्रधानमन्त्री ओलीले मुलुकको उन्नतिका लागि गरेका हरेक काममा अवरोधका कारण पार्टीको भविष्य जोगाउने अरु कुनै बिकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको वताएका छन् ।

बिघटित प्रतिनिधिसभाका सदस्यहरुको आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीका एकथरी नेताले पार्टीलाई जनताले सुम्पेको जनादेश बिर्सेर सधैं सरकारका काममा अवरोध मात्रै गरेको वताए ।

उनले विचार, संगठन र गन्तब्यमा स्पष्ट विशाल पार्टी बनाउने उद्देश्य सफल पार्न आफू सक्रिय रहेको तर अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल लगायतका नेताहरु सरकारका मुलुकको काममा अवरोध गरी बिग्रहतिरको बाटोमा अग्रसर भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्