एलायन्स क्लबद्वारा बालबालिकालाई न्यानो कपडा वितरण
काठमाडौं । एलायन्स क्लब अफ काठमाडौं सिटीले चिल्ड्रेन वलफेयरका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै बच्चाहरुलाई जोडोबाट बचाउनका निम्ति क्लबले गत बुधबार यस एलायन्स क्लब अफ काठमाडौं सिटिका क्लब चार्टर प्रेसिडेन्ट भिकेएस ठकुरीले चिल्ड्रेन वलफेयरका अध्यक्ष जयराम टमाटा मार्फत १५ जना बालबालिकाहरुलाई सेट सहितको न्यानो कपडा वितरण गरेको हो ।
विसुद्ध सामाजीक सेव गर्ने उदेश्यका साथ स्थपना भएको क्लबले सहयोगी हातहरुको माया सहित न्यानो कपडा बितरण कार्यक्रममा एलायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक १०२३ नेपाल का सेकेण्ड भिडिजि एलि नन्दराज पोखरेल, थर्ड भिडिजि एलि धना आचार्य, डिष्ट्रिक पि.आ.ओ.सुश्मा कोइराला, क्लब सचिब एलि नबराज श्रेष्ठ, क्ल्वका सदस्य एलि अमित थापा, एलि बिष्णु ठकुरी, एलि सुबर्ण श्रेष्ठ लगायत सम्पुर्ण क्लब पदाधिकारी तथा क्लब सदस्यहरूमा को सहभागिमा रहको थियो ।
बालबालिकाहरुलाई चिसोबाट बचाउन सदासयता देखाई न्यानो कपडा वितरण गरेकोमा चिल्ड्रेन वलफेयरका अध्यक्ष टमाटाले आभार प्रकट गर्दै धन्यवाद ब्यक्त गरे ।
एलायन्स क्लब चार्टर प्रेसिडेन्ट भिकेएस ठकुरीले समाज सेवा नै संस्थाको मुख्य कार्य भएको र बालबालिकालाई सेवा गर्ने मौका पाएकोमा खुशि व्यक्त गरे ।


















प्रतिक्रिया दिनुहोस्