कांग्रेसले सर्वदलीय बैठक ठाक्यो
काठमाडौं, ६ पुस । संसद भंग भएपछि उत्पन्न राजनीतिक परिस्थितिलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ ।
काँगेस सभापति शेरबहादुर देउवाले सोमबार अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाएको पार्टी स्रोतले जनाएको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी चुनावसमेत घोषणा गरेको अवस्थाबारे छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो । बैठकका लागि नेकपा, जसपा, राप्रपालगायत दललाई बोलाइएको कांग्रेसले छ ।
आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गरेका थिए । आइतबार नै कांग्रेस संसदीय दलको कार्यालयमा नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरू छलफल गरेका थिए । प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र निरंकुश रहेको यी दलहरूले निष्कर्ष समेत निकाली सकेका छन् ।















प्रतिक्रिया दिनुहोस्