सात मन्त्रीको सामूहिक राजीनामा, मुलुक गम्भिर दुर्घटनामा (राजीनामापत्रसहित )
काठमाडौं, ५ पुस । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्रीले संसद विघटन गरेको विरोध गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै सात मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् । उनिहरु कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरु हुन् ।
राजीनामा दिनेहरुमा उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव, खानेपानीमन्त्री विना मगर र शिक्षामन्त्री गिरिराजमणि पोखरेल रहेका छन् ।
राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य समेत रहेका वर्षमान पुनले आवेगमा राजीनामा नदिएको बताए । गल्ती र्गयौं भनेर सोच्न र त्यसलाई सच्याउन प्रधानमन्त्रीलाई दबाव होस् भनेर सामूहिक राजीनामा दिएको उनले बताए ।
पत्रकार सम्मेलनमा अर्का नेता भुसालले भने, नेपालका राजनीतिक स्थिरताका साथ विकस गर्ने असाधारण सम्भावना गत निर्वाचनपछि खुलेको हो । त्यसमाथि गम्भीर धक्का लागेको छ । एक हिसाबले यो दुर्घटना हो ।
यसकाराण् हामीले सामुहिक राजीनामा दिएका हौं ।’
















प्रतिक्रिया दिनुहोस्