विपक्षी दल नेपाली कांग्रेसले आकस्मिक बैठक बोलायो
काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओली सुंसद् विघटनको शिफरिस लिएर राष्ट्रपति निवास बालुवाटार पुगेका छन् । संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद विघटनको निर्णय पछि मुलुकको राजनीतिक वृत तातेको छ । यस बिचमा संसद विघटन गर्ने सरकारको सिफारिसबारे छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ ।
आइतबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए । देशलाई गम्भिर दुर्घटनाबाट बचाउन यो बैठकले महत्वपुर्०ा भूमिका रहने छ ।















प्रतिक्रिया दिनुहोस्