प्रचण्डलाई भेट गर्न मानेनन् प्रधानमन्त्री ओलीले
काठमाडौं, ५ पुस । प्रधानमन्त्री ओलीसँग कुरा गर्न प्रचण्ड बिहानै बालुवाटार पुगेपनि भेट गर्न पाएका छैनन् । प्रचण्ड अहिले पनि बालुवाटारमै छन् । प्रचण्ड प्रधनमन्त्री भेट्न ‘उहाँले तपाईं र म कुरा गरौं भन्नुभएको थियो तर प्रधानमन्त्रीले समय दिनुभएन,’ प्रचण्डनिकट स्रोतले जनाए ।
यसअघि शनिबार प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली उनको निवास खुमलटारमा पुगेका थिए । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद विघटनको सिफारिस गरेको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद चुलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गर्ने निर्णय गरेका हुन् ।




प्रतिक्रिया दिनुहोस्