प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस, काँग्रेसको आपत्ति
काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् । यसले देशलाई गम्भिर अवस्थामा पुर्याउने भएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् विघटन गर्ने मन्त्रिपरिषद्को सिफारिसप्रति आपत्ति जनाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्नुभएको हो भेन काँग्रेसले कडा भन्दा कडा प्रतिवाद गर्ने बताए । त्यसको हामी राजनीतिक सबै रूपले प्रतिवाद गर्छा ।
प्रधानमन्त्री ओलीले आइतबार बिहान आकस्मिक रूपमा मन्त्रिपरिषद बैठक बोलाउँदै संसद विघटनको सिफारिस गरेका थिए। उक्त सिफारिस मन्त्रिपरिषदले राष्ट्रपतिकहाँ पठाउँदै छ। संविधानमा संसद विघटन गर्न सक्ने व्यवस्था छैन। शर्माले संसद विघटन प्रधानमन्त्रीको अविवेकी निर्णय र अधिनायकवादी आकांक्षाको निर्णय भएको बताए।




प्रतिक्रिया दिनुहोस्