नेकपा स्थायी कमिटी बैठक आज बस्दै, जटिल बन्दै विवाद

काठमाडौं , पुस ५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठब प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुबैले आफ्नो अडानमा लचकता देखाएका छैनन् । त्यसैले आजको सचिवालय बैठकले पनि नेकपाको विवाद समाधानमा प्रभावकारी भूमिका खेल्नेमा संका व्यक्त गरिएको छ ।

हिजो प्रचण्ड निवास खुमलटार पुगेर ओलीले प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि प्रचण्डले प्रस्ताव फिर्ता लिन अस्वीकार गरेका थिए । हिजो नै ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी, गृहमन्त्री रामबहादुर थापालगायतका नेता तथा मन्त्रीहरूसँगसमेत भेटवार्ता गरेका थिए ।

कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गरेपछि मंसिर १३ गतेको बैठकमा ओलीले फेरि प्रचण्डमाथि गम्भीर आरोपसहित प्रत्युत्तर दिएपछि सुरु भएको विवाद जटिल बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्