बम बिस्फोटमा १५ बालबालिकाको मृत्यु, २० घाइते
काठमाडौं, पुस ४ । अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा बम बिस्फोटका कारण १५ बालबालिकाको मृत्यु भएको छ र २० जना घाइते भएका छन् । गिलान जिल्लामा भएको यस बिस्फोट कारण अझै स्पष्ट हुन नसकेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
प्रहरी प्रवक्ता अहमद खानले यस आक्रमणको आरोप तालिवानमाथि लगाएका छन् । स्थानीयका अनुसार बालबालिकाहरुले फुटपाथ व्यापारीलाई एउटा सामग्रीको टुक्रा बेच्न खोज्दा त्यो बिस्फोट भएको थियो । तालिवानी मिलिसियाहरुले यस बिस्फोट दुर्घटनावस् भएको दाबी गरेका छन् ।
दिउँसो १ बजेको समयमा गाउँको एउटा घर नजिक यो बिस्फोट भएको अधिकारीहरुले जनाएका छन्, त्यस घरमा त्यतिबेला कुुरान वाचन भइरहेको थियो । एशोसियट प्रेससँगको कुराकानीमा गजनीका प्रान्तीय गर्भनरका प्रवक्ता वाहीदुल्लाह जुमाजादाले बताएअनुसार मोटररिक्सा चलाइरहेका एक व्यक्ति गाउँमा प्रवेश गरेसँगै उनको वरपर बच्चाहरु झुम्मिएका थिए, त्यही समय बिस्फोट भयो ।
मृतकको संख्या अझै बढ्न सक्ने उनले जनाएका छन् ।सरकार र तालिवानबीच वार्ता सुरु भइसकेपनि अफगास्तिानमा हिंसा कम भएको छैन ।
प्रतिक्रिया दिनुहोस्