ओली प्रचण्डबीच एक घण्टा वार्ता, नेताहरुको भेटवार्ता तिब्र
काठमाडौँ , पुस ४ । प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सकिएको छ ।उनीहरुबीच प्रचण्ड निवास खुमलटारमा एक घण्टा भेटवार्ता भएको छ । ओली १२ बजेपछि खुमलटारबाट बाहिरिएका छन् ।
सुरुमा दुई नेताबीच मात्रै भेटघाट हुने भनिएपनि उपाध्यक्ष वामदेव गौतम र बरिष्ठ नेता माधवकुमार नेपाल पनि खुमलटार पुगेका थिए । भेटवार्तामा के भयो भन्ने भने खुलिसकेको छैन ।
ओली खुमलटार पुगेको आधा घण्टापछि गौतम पुगेका हुन् भने गौतम पुगेको आधा घण्टापछि बरिष्ठ नेता माधवकुमार नेपाल खुमलटार पुगेका हु्न् ।
ओली बिहान ११ बजे अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । त्यसलगत्तै गौतम र नेपाल पनि खुमलटार पुगेका हुन् । नेकपा विवाद उत्कर्षमा पुगेका बेला नेताहरुको भेटवार्तालाई अर्थपुर्ण रुपमा हेरिएको छ ।















प्रतिक्रिया दिनुहोस्