प्रचण्ड-नेपाल समूहको निष्कर्ष : ओलीको एकाधिकार र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध डटेर लड्छौं
काठमाडौं , पुस २ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको एकाधिकार र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध डटेर लड्ने निष्कर्ष निकालेको छ ।
पेरिसडाँडामा शुक्रवार आयोजित प्रदेश १ का अध्यक्ष र सचिवहरुको भेलाले यस्तो निष्कर्ष निकालेको केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए ।पार्टीलाई सर्वसत्तावादी र एकाधिकारवादी ढंगले सञ्चालन गर्ने कुराका विरुद्ध डटेर लाग्ने निष्कर्ष निकालेको खतिवडाले बताए ।
गलत प्रवृतिहरुका विरुद्धमा कसरी संगठित भएर प्रतिवाद गर्ने भन्ने विषयमा पनि छलफल गरेको उनले बताए । यसैबीच प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता नलिए कडा कदम चालिने निष्कर्ष पनि बैठकले निकालेको छ ।
नेताहरुसँग भएको छलफल पछि यस्तो निष्कर्ष निकालेको हो । प्रधानमन्त्री ओलीले पार्टीको सहमति विपरित हरेक काम गरेको र पटक पटक सहमति तोड्ने गरेको निष्कर्ष निकाल्दै सो अध्यादेश फिर्ता नलिए पार्टीले कडा कदम चालिने निष्कर्ष निकालिएको केन्द्रीय सदस्य जगनाथ खतिवडाले बताए ।
सो भेलालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्न विभिन्न क्रियाकलापहरु गर्दै आएको आरोप लगाएका थिए । पछिल्लो पटक सरकारले अध्यादेशजारी गरेपछि नेकपामा नयाँ तरंग उत्पन्न भएको छ । यसले विवाद झनै चर्किएको छ ।















प्रतिक्रिया दिनुहोस्