सिद्धार्थ बैंकले गर्यो अस्पताल निर्माणको लागि आर्थिक सहयोग

काठमाडौं , पुस ३ । सिद्धार्थ बैंकले अस्पताल निर्माणको लागि आर्थिक सहयोग गरेको छ । बैंक लिमिटेडले पौष २ गते बिहिबार विराटनगर स्थित नागरिक केयर सेन्टरलाई सामाजिक उत्तरदायित्व अन्र्तगत पाँच लाख आर्थिक सहयोग प्रदान गरेको हो ।

रकम बैंकका प्रदेश प्रमुख कमल बस्नेतले नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार शारदालाई हस्तान्तरण गरेका छन् ।बैंकबाट प्राप्त रकम नागरिक केयर सेन्टरले प्रदेश नंÞ १ मा कोभिड–१९ संक्रमितहरुका उपचारका लागि आवश्यक सेवा सुविधायुक्त १०० शैयाको अस्पताल बनाउनका लागि उपयोग गर्ने भएको छ ।

संक्रमितहरुलाई उपचारसम्मको पहुँचमा सहजीकरण गर्ने उद्देश्यले गठन गरिएको संस्था, नागरिक केयर सेन्टरलाई बैंकले पु¥याएको यस सहयोगबाट संक्रमितहरुको उपचारमा केही हदसम्म भए पनि सहजता पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वधार र सुरक्षा जस्ता क्षेत्रअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्