राज्यले सबै नागरिकलाई कोरोना खोप निशुल्क उपलब्ध गराउँछ : अर्थमन्त्री

काठमाडौं , पुस ३। अर्थमन्त्री विष्णु पौडेलले सबै नागरिकलाई राज्यले कोरोना खोप उपलब्ध गराउने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजका नवनिर्वाचित कार्यसमितिलाई अर्थ मन्त्रालयमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पत्रकारहरुसँग कुरा गर्दै भने, “राज्यले सबै नागरिकलाई निशुल्क खोप लगाइदिन्छ । स्रोत जुटाउन अर्थलाई समस्या छैन ।

खोप आयातका लागि सफल भएका र अध्ययन भइरहेका मुलुकमा कूटनीतिक रुपमा कुराकानी भइरहेको उनले बतनाए । सुरुमा फ्रन्टलाइनर, त्यसपछि वृद्ध र अनि सबै नागरिकलाई खोप लगाउने तयारी भइरहेको समेत उनले जनाकारी गराए ।

प्रतिक्रिया दिनुहोस्