स्वास्थ्य सामग्री खरिदमा अनियमितता, थप अनुसन्धान र कारबाहीका लागि अख्तियार पठाउने निर्णय

काठमाडौं , पुस ३ । संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामाग्री खरिदमा नियमसंगत नभएको ठहर गरेको छ । महिनौंको छलफल र सस्साकस्सीपछि स्वास्थ्य सामाग्री खरिद प्रकरणमा थप छानबिन गरि कारबाही गर्न सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यमन्त्री भानुभक्त ढकाललाई बोलाएर छलफल गरेपछि लेखा समितिले यस्तो निर्णय गरेको हो ।खरिद पक्रिया नियमसंगत नभएको टुंगोमा समिति पुगेको समितिका सचिव रोजनाथ पाण्डेले बताए ।

खरिद प्रक्रिया नियमसंगत नभएको र यसमा संलग्न पदाधिकारीलाई करार गर्ने अवस्था सिजृना भएकाले यसको थप छानविन गरेर दोषी पत्ता लगाउने र कारबाही पनि गर्ने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय समितिले गरेको छ, सचिव पाण्डेले भने ।

समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत खरिद प्रक्रियामा त्रुटि रहेको बताएको र महँगो मूल्यमा सामान किन्न जिम्मेवारी दिइएको र सामानमा गुणस्तर समेत नभएको भन्दै स्वास्थ्य सेवा विभागले नै खरिद प्रक्रिया रद्द गरेको अवस्थामा यसमा थप छानविन गर्नुपर्ने आवश्यकता रहेको निष्कर्ष निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्