उखु किसानले पैसा पाउँछन् , सरकारले दिलाएरै छोड्छ : मन्त्री भट्ट
काठमाडौं, पुस ३ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कुनै पनि हालतमा सरकारले किसानको पैसा भुक्त्तानी दिलाएरै छोड्ने बताएका छन्।
शुक्रबार उखु किसानको आन्दोलनमा समर्थन जनाउन माइतीघर पुगेका मन्त्री भट्टले किसानलाई आश्वासन दिँदै यस्तो बताएका हुन्। चिनी मिलले वर्षौंदेखिको उखुको रकम भुक्तानी नदिएको भन्दै किसानहरू एकसातादेखि माइतीघरमा आन्दोलन गरिरहेका छन्।
सरकारले किसानलाई मार्दैन १०-१२ दिन उहाँहरू सम्पर्कमा आउनुहुन्छ कि हुन्न हेरौं त्यसपछि सरकारले उहाँहरूको सम्पत्ति रोक्का गरेर भए पनि पैसा असुल गर्छ उनले भने ।
प्रतिक्रिया दिनुहोस्