वैदेशिक रोजगारीलाई लाभदायी बनाउन सरकार गम्भीर : मन्त्री राय

काठमाडौं , पुस ३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीलाई लाभदायी बनाउ सरकार गम्भीर रहेको बताएका छन् । उनले वैदेशिक रोजगारीलाई सबैले अनुभूति गर्न सक्ने गरी सुरक्षित, व्यवस्थित, मर्यादित तथा तुलनात्मकरूपमा बढी लाभदायी बनाउन सरकार गम्भीरतापूर्वक अगाडि बढेको बताए ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक र तिनका परिवारको सुरक्षा, हित र कल्याणलाई सुनिश्चित गर्ने सवालमा देखिएका चुनौतीको सामना गर्दै यसको समुचित व्यवस्थापनका लािग निरन्तर अगाडि बढिरहेको बताएका हुन्।

नेपालमा श्रमिकको अधिकारका लागि नीतिगत तथा कानूनी आधार तयार भइसकेको र योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कार्यान्वयन भइरहेको उल्लेख गर्दै उनले प्रत्येक वर्ष आन्तरिक श्रम बजारमा प्रवेश गर्ने श्रमशक्तिलाई ध्यानमा राखी रोजगारीका अवसरहरु उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको समेत बताए ।

श्रमको सम्मान गर्दै प्रत्येक कामदारको हकअधिकार रक्षाका लागि श्रम ऐन, २०७५ का साथै योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कार्यान्वयनमा ल्याइएको उनले बताए। सीपयुक्त जनशक्तिको विकासका लागि समेत तदारुकताका साथ गृहकार्य अगाडि बढाइएको मन्त्री रायको भनाइ छ।यता पछिल्लो समय वैदेशिक रोगगारीमा जानेको संख्या भने बढिरहेको छ ।

नेपालमा रोजगारी नहुँदा कयौं युवाहरु विदेश पलायन हुन थालेका छन् । यसरी विदेश पलायन भएपनि कतिपयको रोजगार भने त्यति सुरक्षीत भने भएको पाइदैन, कतिपयलाई दलालले नै ठगेको पनि हुन्छ भने कतिपयको अवस्था निकै दनिय हुन्छ । यस्तो अवस्थामा सरकारले लाभदायी बनाउन सरकार गम्भीर रहेको बताइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्