लक्ष्मी बैंकले सुरु गर्यो कार्डरहित एटीएम सुविधा, अब एटीएम नै नचाहिने
काठमाडौं , पुस ३ । लक्ष्मी बैंकले कार्डरहित एटीएम सुविधा सुरु गर्ने भएको छ । नेपालमै पहिलो पटक एटीएमबाट पैसा झिक्न एटीएम कार्ड नचाहिने प्रविधि बैंकले भित्र्याउने भएको हो ।
नेपालमै पहिलो पटक नौलो प्रकारको सुविधा डिजिटल बैंकिङ्ग प्रविधि विस्तार गर्ने क्रममा लक्ष्मी बैंकले तपाईंको वालेटलाई पूर्ण रुपमा डिजिटल बनाउने तयारी गरिरहेको जनाएको छ।
लक्ष्मी बैंकसँग तपाईंको एटीएम कार्डको विकल्पको रुपमा एक नौलो प्रविधि ल्याउँदै छ । जुन नेपालमै पहिलो पटक लक्ष्मी बैंकले भित्र्याउन थालेको हो ।
अब आफ्नो एटीएमबाट पैसा झिक्न एटीएम कार्ड नचाहिने भएको छ । कम से कम लक्ष्मी बैंकको एटीएम बैंकको मोबाइल एपमा रहेको एक सुविधा प्रयोग गरेर तपाईं सजिलै एटीएमबाट कार्ड बिना नै पैसा झिक्न सक्नु हुनेछ । त्यसको लागि तपाईंलाई चाहिने छ त केवल बैंकको मोबाइल बैंकिङ्ग एप ‘मोबाइल मनि’ र आफ्नो मोबाइलमा इन्टरनेट। साथै तपाईले बैंकको सो सेवा सब्स्क्राइब गरेको हुनु पर्नेछ।
यो सुविधा प्रयोग गर्न खासै गाह्रो छैन । तपाईंले आफ्नो मोबाइल मनिमा लगइन गर्ने बित्तिकै ‘कार्डलेस विथ ड्र’ भन्ने अप्सन देख्नुहुनेछ र यसमा क्लिक गरेर चाहेजतिको रकम हाल्नु पर्नेछ । त्यस पछि ‘कन्फर्म’ गर्नका लागि आफ्नो एम पिन वा फिंगर प्रिन्ट स्क्यान गर्नु पर्नेछ। यति गरिसकेपछि तपाईले आफ्नो फोनमा ९मोबाइल मनिमा दर्ता भएको नम्बरमा० ओटीपी कोड’ एसएमएसको रुपमा प्राप्त गर्नु हुनेछ ।
जसलाई कारोबार नसकेसम्म सुरक्षित राख्नुपर्ने हुन्छ तर प्राप्त भएको सो ओटीपी कोड केहि समय सम्मका लागि मात्र प्रयोग गर्न सकिनेछ। यति गरिसकेपछी एटीएम बुथमा एटीएममा पनि कार्ड हाल्नु अगाडिनै ‘कार्ड रहित’ भन्ने अप्सन देख्न सक्नु हुनेछ, र सो अप्सन छानिसके पछि आफ्नो मोबाइल मनिमा दर्ता भएको नम्बर हाल्नु पर्ने हुन्छ।
त्यस पछी तपाईंले प्राप्त गर्नु भएको ओटीपी कोड र मोबाइल मनिमा अनुरोध गरिएको रकम हालेपछि तपाईंले एटीएमबाट नगद प्राप्त गर्न सक्नु हुनेछ। यस बखत ध्यान पुर्याउनु पर्ने कुरा चाहिँ एटीएममा र मोबाइल मनिमा हालिएको रकम कम वा बढी नभई एउटै हुन जरुरी छ।
यो नौलो प्रविधि र सुविधाका सबैभन्दा महत्वपूर्ण फाइदा भनेको आफुले एटीपी कार्ड बोकी राख्न पर्दैन । तपाईंले कारणबस आफ्नो कार्ड बिर्सिनु भएता पनि स्मार्ट कार्डरहित एटीएम सुविधाद्वारा एटीएमबाट पैसा झिक्न सक्नुहुनेछ। र यति मात्र नभई नेपाल भरि लक्ष्मी बैंकको एटीएमको माध्यमबाट आफुले चाहको ठाउँमा सजिलै पैसा पठाउन पनि सक्नुहुनेछ।
केवल ओटीपी कोड पठाउँदा अलि सावधानी भने अपनाउनु पर्ने हुन्छ। आगामी दिनहरुमा यस सुविधामा थप विशेषताहरु आउने र साथसाथै अरु नयाँ प्रयोगहरु पनि आउने बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्