आज पनि बढ्यो सुनको मूल्य , कति पुग्यो तोलामा ?

काठमाडौं, पुस ३ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीबार तोलामा ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार बढेर तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोेबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९३ हजार ८५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको चाँदी शुुक्रबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्