माछापुच्छ्रे बैंकको साधारणसभा सम्पन्न , १० प्रतिशत लाभांश पारित
काठमाडौं , पुस २ । माछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकको २२औं वार्षिक साधारणसभाले ७.०३ प्रतिशत बोनस र ३.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
बैंकले गत आर्थिक वर्षमा एक अर्ब २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९६ पैसा कायम गरेको थियो । बैंकको चुक्तापुँजी ८ अर्ब ४५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा एक अर्ब ७० करोड रुपैयाँ सञ्चित रहेको बैंकले जनाएको छ ।
साधारणसभाले सर्वसाधारण सेयरधनी समूहका तर्फबाट जयमुकुन्द खनाल, विश्वप्रकाश गौतम र तथा सिर्जना कार्की भट्टराईलाई आगामी चार वर्षका लागि सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्