धादिङ्ग ज्यामरुङ्ग (जुडी) खानेपानी तथा सरसफाइ आयोजनाको निमार्ण कार्य सम्पन्न

काठमाडौं, पुस २ । धादिङ्ग ज्यामरुङ्ग (जुडी) खानेपानी तथा सरसफाइ आयोजनाको निमार्ण कार्य सम्पन्न भएको छ । साथै समितिमा नयाँ उपभोत्ता समिति पनि हस्तान्त्रण गरिएको छ । एपिएस नेपाल फल्ट बोर्ड र नीकण्ठनगरपालिका ११ को संयुक्त आयोजनामा निमार्ण कार्य सम्पन्न भएको हो । ७६ लाखको लागतमा आयोजना निमार्ण सम्पन्न भएको नीकण्ठनगरपालिकाले जनाएको छ ।

ज्यामरुङ्ग (जुडि) खानेपानी उपभोत्ता समितिका अध्यक्ष दिपक धमलाको नेतृत्वमा तथा पर्यावरण संरक्षण नेपालका अध्यक्ष राकेश धमला , नेपाली कांग्रेस धादिङ्गका सभापति रमेश धमला र नीकण्ठनगरपालिका ११ का स्थानीय उपभोत्ताको सहयोगमा निमार्ण कार्य सम्पन्न हुन सकेको हो । यो खानेपानी आयोजानाबाट १ सय ९८ घरधुरीका स्थानीयबासिन्दा लावान्वित हुने छन् ।

कार्यक्रममा विषेश अतिथिको रुपमा पुर्वमन्त्री कल्पना धमलाले सुरुवाती गर्नु भएको आयोजान आज सम्पन्न भएको हो । कार्यक्रमा बोल्दै पुर्वमन्त्री धमलाले खानेपानीलाई निरन्तरता दिन र यसको व्यवस्थापनका निमित्त उपभोत्ता समिति र स्थानीय जिम्मेवार हुनु पर्नेमा जोड दिनु भयो ।

साथै उहाँले आफु जन्मेको ठाउँको विकासका निमित्त जस्तो सुकै अवस्थामा पनि सहयोग गर्ने प्रतिवद्धता जानाउनु भयो । यहाँका जनतालाई सहुलीयतदरमा पानि खुवाउन र सरकारबाट गर्नु पर्ने पहलका निम्त्ति आफु सधै तयार रहने उहाले बताउनु भयो । ज्यामरुङ्गलाई पर्यटकस्थल बनाउन तथा पर्यटन व्यवसायी सहित नमुना बस्ती बनाउनका लागि विशेस सहयोग गर्ने र यहाँको सडकको विकासलाई प्राथमीकता दिने उहाले बताउनु भयो ।

यस्तै कार्यक्रममा प्रमुख अतिथि रमेश धमलाले ज्यामरुङ्गमा खानेपानीको आवश्यकता महशुस गरेर आयोजना सम्पन्न गरेको बताउनु भयो । यसलाई सहि सदुपयोग गरेर कुनै राजनितिक विचारधारा नराखी बाँकी रहेको आयोजनालाई अगाडि बढाउने बताए । साथै उनले यसमा राजनिति नगर्न पनि सबै तह र तप्काका व्यत्तिहरुलाई आग्रह गरका छन् । उनले स्थानीयहरुको सहयोगमा आयोजना सम्पन्न भएकोमा धन्यवाद समेत व्यक्त गरे ।

यसैबीच कार्यक्रममा नीकण्ठनगरपालिका ११का अध्यक्ष तिलक बहादुर थापामगरले यहाँको विकासका लागि वडाले सक्दो सहयोग गर्दै आएको र केहि बजेट समेत विनियोजन गरेको जनाकारि दिए । उनले यस खानेपानिका लागि २ लाख ५० हजार सहयोग गरेको बताए । साथै आगामी दिनमा पनि आवश्यकता परेको खण्डमा वडाले आर्थिक सहयोगका लागि बजेट विनियोज गर्ने बताए ।

यसैगरि उनले वडाले तरम भज्याङ् स्याउलीको सडकको स्त्तोरउन्नती तथा विकासका लागि ३० लाख छुट्याएको जानकारी दिदै यहि आर्थिक वषर्मा यो कार्य छिटै अगाडि बढ्ने पनि कार्यक्रम मार्फत जनाकारि दिए । साथै उनले सामाजिक सुरक्षा भत्तामा ढिलाई भएको यसका लागि आफुले पहल गरेको र अब छिटै वितरण गरिने पनि बताए ।

यसैबीच कार्यक्रम मार्फत समितिमा नयाँ उपभोत्ता समिति हस्तान्त्रण पनि गरिएको छ । जसको अध्यक्षमा इश्वरी बहादुर लम्साल वरिष्ठ उपाध्यक्षमा ओम प्रसाद धमला उपाध्यक्षमा गौरी शंकर धमला र सचिवमा भुमी नन्द धमलागरि १३ जना सदस्यीय कार्य समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्