गृहको पत्राचार- सरकारी सुविधा लिनेको सामाजिक सुरक्षा भत्ता रोक्नु

काठमाडौँ, पुस २ । सरकारी सुविधा लिनेको सामाजिक सुरक्षा भत्ता रोक्न गृह मन्त्रालयले पत्राचार गरेको छ ।

सरकार र सरकारी स्वामित्वका संघसस्थाबाट सुविधा लिनेको सामाजिक सुरक्षा भत्ता रोक्न गृहले पत्राचार गरेको हो ।देशभरका स्थानीय तहहरूलाई परिपत्र गर्दै गृहले सामाजिक सुरक्षा भत्ता रोक्न निर्देशन दिएको छ ।

गृहले जारी गरेको परिपत्रमा भनिएको छ, ‘नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह अथवा यिनीहरूको पूर्ण वा आंशिक स्वामित्व रहेको कुनैपनि संस्थाबाट नियमित तलब, पेन्सन, अवकाश सुविधा अथवा अन्य सुविधाहरु पाइरहेका व्यक्तिलाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ता रोक्नू ।’

सरकारले यसअघि नै सरकारी सुविधा लिइरहेकाहरुको दोहोरो सुविधा रोक्ने निर्णय लिइसकेको थियो। तर अझै पनि सरकारी सुविधा लिनेहरूले दोहोरो सुविधा उपभोग गरिरहेको गुनासो आएपछि गृहले यस्तो परिपत्र गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्