एक साताभित्र उखु किसानको भुक्तानी दिन संसदीय समितिको निर्देशन
काठमाडौं , पुस २ । संसदीय समितिले उखु किसानले चिनी उद्योगबाट पाउन बाँकी रकम एक साताभित्र भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सातदिन भित्र उखु किसानको भुक्तानी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो । २०७६ पुस १८ सम्म १४ उद्योगको १४० करोड बक्यौता रहेकामा २०७७ मंसिर ९ सम्म ६५ करोड बाँकी रहेको छ ।
यसमध्ये श्रीराम सुगर मिलले तीनदिनभित्रमा सबै बक्यौता तिरिसक्ने प्रतिवद्धता जनाएको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको आन्दोलन र चिनी उद्योगीले बक्यौता नदिएको विषयमा बिहीबार मन्त्री र सचिवलाई बोलाएर छलफल गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्