भोलिदेखि जोर-बिजोर प्रणाली हट्ने
काठमाडौं , पुस २ । भोलिदेखि जोर-बिजोर प्रणाली हट्ने भएको छ । कोरोना त्रासका कारण काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोर-बिजोर प्रणाली लागु भएको थियो । लामो समयसम्म लगाइएको जोर(बिजोर प्रणाली अब भने हट्ने भएको हो ।
बिहीबार जिल्ला प्राशसन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर(बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकालेको छ ।
जोरबिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएको छ ।
कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजार प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए ।
महासंघका महासचिव सरोज सिटौला लकडाउनपछि यात्रु पाउनै मुस्किल पर्ने सार्वजनिक सवारीमा अहिले कार्यालय समयमा ठूलो भीडभाड हुन थालेकोले जोर बिजार हट्नु सकारात्मक भएको बताए ।
प्रतिक्रिया दिनुहोस्