नागरिक लगानी कोषलाई हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डले दियो अनुमति
काठमाडौं, पुस २ । धितोपत्र बोर्डले नागरिक लगानी कोषलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ ।
बोर्डले कोषलाई आज बिहिबार हकप्रद निष्काशनको अनुमति दिएको हो ।
अब कम्पनीले एक अर्ब पैतिस करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता शेयर निष्काशन गर्ने छ ।
हकप्रद निष्काशन गर्न कम्पनीले आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई बिक्रि प्रबन्धक चयन गरेको छ । उक्त हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब पुग्ने छ ।
प्रतिक्रिया दिनुहोस्