स्वास्थ्यमन्त्री ढकाललाई बोलायो लेखा समितिले
काठमाडौँ , पुस २ । प्रतिनिधिसभाअन्तर्गतको लेखा समितिले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बोलाएको छ । उनलाई शुक्रबार १ बजेका लागि बोलाएको हो । स्वास्थ्य सामग्री खरिदमा अनियमितताबारे छानबिन गरिरहेको समितिले सोही विषयमा छलफलका लागि ढकाललाई बोलाएको बताएको छ ।
लामो समयदेखि लेखा समितिमा आउन मानेका थिएनन् मन्त्री ढकालले । अहिले भने बल्लतल्ल समय दिएको समिति सभापति भरत शाहले बताए ।स्वास्थ्यमन्त्रीका साथै स्वास्थ्य सचिवलाई पनि बोलाइएको छ ।
यसअघि समितिले तत्कालीन स्वास्थ्य सचिवहरू, स्वास्थ्य सेवा विभागका तत्कालीन प्रमुखलाई पनि सोधपुछ गरेको थियो । कोरोना भाइरसबाट संक्रमितको उपचारका लागि खरिद गरिएको स्वास्थ्य सामग्रीमा अनियमितता भएको र कमसल सामग्री खरिद गरिएको भन्दै लेखा समितिले छानबिन थालेको थियो ।
प्रतिक्रिया दिनुहोस्