सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कोरोबार ?

काठमाडौं, पुस २ । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । बुधबार तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ९३ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन बिहीबार तोलामा ९३ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्