ओली र प्रचण्डबीच चार बुँदे सहमति, यी हुन् समझदारी

काठमाडौँ , पुस १ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच चार बुँदे सहमति भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा यस अघि दुवै अध्यक्षले सचिवालयमा पेश गरेको प्रस्ताव फिर्ता गर्ने, सरकारले ल्याएको संवैधानिक परिषद सबन्धी अध्यादेश फिर्ता गर्ने, संसदको बिशेष अधिवेसन बोलाउने प्रस्ताव दर्ता नगर्ने र स्थायी कमिटीको आगामी बैठकमा दुवै अध्यक्षले संयुक्त प्रस्ताव ल्याउने सहमति भएको बताइएको छ ।

चार बुँदे सहमतिपछि प्रधानमन्त्री ओली आजको स्थायी कमिटी बैठकमा सहभागी भएका हुन् । पार्टीभित्र विवाद रहेकै बेला मंगलबार अध्यादेश जारी भएपछि सत्तारुढ दलको विवाद थप उत्कर्षमा पुगेको थियो।

विवाद मत्थर पार्नका लागि बुधबार विहान प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ विच संवाद भएको थियो। बालुवाटारमा भएको दुई अध्यक्षबीचमा चार बुँदे सहमति बनेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्