महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई व्याजदरमा सहुलियत

काठमाडौं , पुस १ । महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई व्याजदरमा सहुलियत दिइने भएको छ । बैंकले कोभिड १९ का कारण आफ्ना ग्राहकहरुको पेशा, ब्यवसाय तथा उद्योगहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै ऋणीहरुलाई राहत प्रदान गर्ने उद्देश्यले व्याजदरमा सहुलियत दिने भएको हो ।

नेपाल राष्ट्र बैंकबाट जारी भएको पुर्नकर्जा कार्यविधिअन्र्तगत आवश्यक प्रबन्ध गरी लघु घरेलु तथा साना उद्यम संचालन गरिरहेका १२५० भन्दा बढी ऋणीहरुको ७२ करोड भन्दा बढी कर्जाको ब्याज दर घटाई ५ प्रतिशत कायम गरी सहुलियत प्रदान गरेको छ ।

यसरी पुर्नकर्जा सुबिधाका लागी कोभिड १९को असर परेका उद्यमीहरुका साथै सामाजिक आर्थिक दृष्टिकोणले पिछडिएका बिपन्न वर्र्ग, कृषक तथा महिलाहरुलाई प्राथमिकता दिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्