एनआईबिएल एस क्याप्टिल लिमिटेडद्वारा निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो शेयर दर्ता सुरु

काठमाडौं, पुस १ ।  एनआईबिएल एस क्याप्टिल लिमिटेडले निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो शेयर दर्ता सुरु गरेको छ ।

नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले आजदेखि देखीलागू हुने गरी निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो शेयर दर्ता सुरु गरेको हो ।

यो योजना सीमित अवधिको लागि मात्र भएकोले आजकै मिति बाट एनआईबिएल एस क्याप्टिल लिमिटेड लाजिम्पाट तथा यसका अन्य शाखा कार्यालयहरू तथा नेपाल ईन्भेष्टमेण्ट बैंक लि. को देशभर रहेका कुनै पनि शाखा कार्यालयमा गई निःशुल्क डिम्याट खाता खोली मेरो शेयर पनि दर्ता गर्न सक्नुहुनेछ ।

यसका अतिरिक्त एनआईबिएल एस क्याप्टिल लिमिटेडले एकै दिनमा डिम्याट खाता तथा मेरो शेयर दर्ता प्रदानगर्ने प्रतिवद्धता समेत गरेको छ ।

एनआईबिएल एस क्याप्टिल लिमिटेडसँग आवद्ध भई आप्mनो् प्रतिकृया तथा सुझाव दिई सेवा प्रवाहमा सुधार ल्याउन मद्दत गर्ने सम्पूर्ण ग्राहकहरुलाई कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरुमा पनि सहज रुपमा आप्mनो ग्राहक वर्गहरुलाई भरपर्दाे सेवाहरु प्रदान गर्ने प्रतिवद्धता पनि लिमिटेडले गरेको छ । ।

प्रतिक्रिया दिनुहोस्